प्युठान नगरपालिकामा गठबन्धन बिजयी

स्मृति घर्ति मगर प्युठान, प्युठान नगरपालिकामा नेकपा एमालेलाई हराउँदै संयुक्त गठबन्धन बिजयी भएको छ। प्युठान नगरपालिका मेयरमा गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका नेकपा माओबादी केन्द्रका बिष्णु योगी बिजयी भएका हुन। नवनिर्वाचित मेयर योगीले ९ हजार ३ सय २३ मत लिदै आफ्नो जित हात पारेका छन। योगीका प्रतिस्पर्धी नेकपा एमालेका बिजयबिराज बिष्टले भने ७ हजार ८ सय १६ मत प्राप्त गरेका थिए। त्यस्तै उपमेयरमा गठबन्धनकै तर्फबाट उम्मेद्वारी दिएका नेपाली कांग्रेसका देबेन्द्र बर्मा बिजयी भएका छन। बर्माले ९ हजार ४ सय ९० मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी एमालेकी पबित्रा जी. सी ले ७ हजार १ सय ८२ मत प्राप्त गरेकी छिन।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।