स्वर्गद्वारी नगरपालिका प्रमुखमा टेकप्रसाद भण्डारी र उपप्रमुखमा मिनराज राना बिजयी

स्मृति घर्ति मगर प्युठान, स्वर्गद्वारी नगरपालिका प्युठानको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार फराकिलो मत अन्तरसहित बिजयी भएका छन। नगरप्रमुखमा नेकपा एमालेका उम्मेदवार रामप्रसाद श्रेष्ठलाई हराउदै गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका नेपाली कांग्रेस नेता टेक प्रसाद भन्डारी बिजयी भएका हुन। भण्डारीले ७ हजार ७ सय ३६ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी श्रेष्ठले ५ हजार १ सय ७० मत प्राप्त गरेका छन। उनिहरु बिचको मत अन्तर २ हजार ५ सय ६६ रहेको छ। त्यस्तै नगर उपप्रमुखमा गठबन्धनकै तर्फबाट उम्मेद्वारी दिएका राष्ट्रिय जनमोर्चाका मिनराज राना मगरले ७ हजार ३ सय ४७ मत प्राप्त गरेका छन। उनका प्रतिद्वन्दी नेकपा एमालेका गौरी भट्टराई (बरापाते) ले ५ हजार २६ मत प्राप्त गरेकी छिन। उनिहरु बिचको मत अन्तर २ हजार ३ सय २१ रहेको छ। स्वर्गद्वारी नगरपालिकाको ९ वटा वार्ड मध्ये ६ वटा वार्डमा गठबन्धन, २ वटा वार्डमा एमाले र १ वार्डमा स्वतन्त्रका उम्मेदवार बिजयी भएका छन।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।