गौमुखी गाउँपालिका अध्यक्षमा पुन: बिष्णुकुमार गिरी र उपाध्यक्षमा महाबिर राना बिजयी

जेष्ठ ०४ प्युठान, जिल्लाको गौमुखी गाउँपालिकामा नेपाली कांग्रेसबाट निवर्तमान अध्यक्ष बिष्णुकुमार गिरी पुन: निर्वाचित भएका छन् । उनले नेकपा एमालेका जुमानसिहं जिसी र राष्ट्रिय जनमोर्चाका ज्ञामुराम न्यौपानेलाई पराजित गरेका हुन । अध्यक्षमा निर्वाचित गिरीले ३ हजार ६ सय ४९ मत ल्याए भने नेकपा एमालेका जुमानसिहं जिसीले २ हजार ८ सय र राष्ट्रिय जनमोर्चाका ज्ञामुराम न्यौपानेले २ हजार ६ सय २९ मत ल्याएका छन ।
यस्तै, गाउँपालिका उपाध्यक्षमा नेकपा माओबादी केन्द्रका महाबिर राना बिजयी भएका छन् । नेकपा एमालेकी ज्ञानुमाया केसी र राष्ट्रिय जनमोर्चाकी तारा पुरीलाइ पराजित गर्दै राना उपाध्यक्षमा बिजयी भएका हुन् ।
माओबादी केन्द्रका रानाले चार हजार ३ सय ४६ मत प्राप्त गरेका छन । उनका प्रतिस्पर्धी नेकपा एमालेकी ज्ञानुमाया केसीले ३ हजार ३० र जनमोर्चाकी तारा पुरीले १ हजार १ सय ९७ मत प्राप्त गरिन् । गाउँपालिकामा नेपाली काग्रेस र नेकपा माओबादी केन्द्रबीच चुनाबी गठबन्धन भएको थियो । नेकपा एमाले र राष्ट्रिय जनमोर्चा एक्ला–एक्लै लडेको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।