बैतडीमा दुर्घटना पछि भागेका जीप चालक पक्राउ

दुर्घटनालगत्तै भागेका चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरा

बैतडीमा दुर्घटना पछि भागेका जीप चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

बैतडीको झुलाघाटबाट बझाङको बागथलाका लागि छुटेको से १ ज ७६४ नम्बरको जीप अस्ति राति  खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा  दुर्घटना हुँदा छ जनाको घटनास्थलमै ज्यान गएको  थियो ।

दुर्घटनालगत्तै भागेका चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरालाई ढोल्यामोडबाट पक्राउ गरिएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । चालक बोहरामाथि सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।