मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्रको ४५ औं वार्षिकोत्सब आज सप्पन्न

निर्मला मगर

फागुन २५ प्युठान

मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्रको ४५ औं वार्षिकोत्सब आज सप्पन्न भएको छ ।वार्षिकोत्सबको अवसरमा
आज मल्लरानि गाउपालिकाकाे प्रयटिय एवम धार्मिकस्थल झाकृस्थानमा बृहत बैठक सहित बनभोज कार्यक्रम आयाेजना गरी बिबि कार्यक्रम संगै संथाले ४५ ओै बार्षिक उत्सव मनाएकाे छ।
कार्यक्रममा उत्कृष्ट कार्य गर्ने निजामति कर्मचारीकाे तर्फबाट सडक पुर्वाधार बिकास कार्यालय प्यूठानका निमित्त प्रमुख चन्द्र बहादुर शाहलाई सम्मान गरेको छ । संथाले आफ्नाे बार्षिक उत्सवकाे अबसरमा उत्कृष्ट संचारकर्मिलाई दिदै आएकाे पुरस्कार एवम सम्मान यश बर्ष संघर्ष मिडिया प्रा लि का संचालक बिमल प्रसाद पाेख्रेललाई दिएकाे छ।


किशोर किशोरी प्रजनन स्वास्थ्य कार्यक्रम तर्फ
प्रतीक्षा गाहा मगर एचआईभी टिबि कार्यक्रम तर्फ अर्घाखाँचीका लक्ष्मी बन्जाडे, संगीता पौडेल र प्यूठाका संगीता सुनार पुरस्कृत हुनुभएको छ ।
त्यसैगरी हेफर कार्यक्रमका सिता पौडेललाई संथाले सम्मान गरेको छ ।
प्यूठान क्याम्पसका महेन्द्र सारु मगर, सरिता भण्डारी र रन्जिता पुनलाई जनही ३ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठ, बिशेष अतिथि जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसी, मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का, ऐरावति गाउँपालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डे, अधिकारकर्मी पार्वता आचार्य, पत्रकार महासंघ प्यूठानका अध्यक्ष सन्जय रिजाल र सडक पुर्वाधार बिकास कार्यालयका निमित्त प्रमुख चन्द्र शाहले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
केन्द्रका अध्यक्ष बसन्तलाल शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष डोर प्रसाद पोख्रेल र संचालन कार्यकारी प्रमुख बिजय कुमार श्रेष्ठले गर्नुभएको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।