नौबहिनी २ लिघामा हप्तादिन नबित्दै दुइ गोठमा आगलागी

बिबश घर्ति मगर प्युठान, नौबहिनी गाउँपालिका २ लिघामा आज गोठ्मा आगलागी भएको छ । साबिकको वार्ड नं ७ पिनारामा एक हप्ता नबित्दै एक थारा र एक गोठमा आगलागी भएको हो । स्थानियको जानकारी अनुसार दुईवटै ठाउँमा बच्चाले लगाएको बताएका छन । बर्षातको समय भएको कारण पानी परि गोठको छाना भिझेकाले छिटो आगो मार्न सहज भएकोले मानबिय र अन्य क्ष्यति भने  भएको छैन।  गएको १२ गते बिरसिह रसाइली र आज १६ गते गोठी बुढा मगरको गोठमा आगलागी भएको हो ।  बच्चाकै कारण यि दुई ठाउँमा आगलागी भैरहदा हामी तपाईलाई पनि लाइटर,सलाई जस्ता जुनसुकै सामान बच्चाको पहुँच भन्दा टाढा, सुरक्षित, बच्चाले नभेट्ने र निकाल्न नसक्ने ठाउमा राख्न अनुरोध गर्दछौं।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।