अर्घाखाँचीको सुपादेउरालीमा ढुङ्गाले लागेर एक महिलाको मृत्यु
अर्घाखाँचीको सुपादेउरालीमा ढुङ्गाले लागेर एक महिलाको मृत्यु
बैशाख २० अर्घाखाँची ।
अर्घाखाँचीको सुपादेउराली परिसर अगाडि भिरबाट खसेको ढुङ्गाले लागेर बुधबार दिउँसो एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । सुपादेउराली मन्दिरबाट १२० मिटर अगाडि झोलुङ्गे पुलको तल गोरूसिङगे सन्धिखर्क सडकखण्डको कुनापट्टी पुजाका सामाग्रीको ट्याङकीमा व्यापार गर्दै आएको सन्धिखर्क ७ कि ३६ बर्षिय कल्पना थापाको मृत्यु भएको सन्धिखर्क ७ का वडा अध्यक्ष चुरा केसीले जानकारी दिनु भयो । महिलाले सामाग्री बेच्न बसेको बेलामा एक्कासी भिरबाट खसेको ढुङ्गाले शरिरको पिठ्युँमा लागेपछि उनको घटनास्थलमै मृत्यु भएको हो । सगै रहेकी मृतककी छोरी १७ बर्षिय गौरी थापा र सनपा ७ कि १८ बर्षिय रिता थापा भागेर ज्यान बचाउन सफल भएका छन् । अहिले घटना स्थलमा ईलाका प्रहरी कार्यालय ठाडा र प्रहरी चौकी नरपानीबाट प्रहरी टोली पुगेर मुचुल्का गरि पोष्टमाट्मका लाई सवलाई जिल्ला अस्पताल सन्धिखर्क पठाउने तयारी भैरहेको छ ।