स्वर्गद्वारीका दर्शनार्थि घाईते

साउन १४ ,
प्युठान ।
स्वर्गद्वारी नगरपालिका वडा नं ३ रुमालेमा ढुङ्गा पल्टिएर लाग्दा एक जना भारतिय नागरीक गम्भिर घाइते भएका छन् । स्वर्गद्वारी मन्दिर दर्शन गर्न आएका भारतको उत्तरप्रदेश महाराजगञ्ज जिल्ला पोखरविन्दाका ३५ बर्षिए अनिल कनौजिया घाईते भएका हुन् ।

पैदल यात्रा गदै स्वर्गद्वारी जादै गर्दा भिर माथिबाट ढुगां पल्टिएर लाग्दा घाईते भएका जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक तथा सुचना अधिकारी सागर भुसाल ले जानकारी दिनुभयो ।
भुसालका अनुसार आइतबार आज सांझ ६ बजेको समयमा स्वर्गद्वारी नगरपालिका ४ भिंगृ बाट स्वर्गद्वारी मन्दिरसम्म पैदल यात्राका लागी ७ जना साथिहरु संग हिडेका अनिल कनौजिया भिंगृबाट ११ किलो मिटर टाढा रुमाले भन्ने ठाउँमा भिर बाट खसेको ढुङ्गाले लाग्दा घाईते भएका हुन् । घाइतेको टाकोमा चोट लागेको र अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

घटना भएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय भिंगृका प्रहरी नायव निरिक्षक भक्त बहादुर सिजाली नेतृत्वको टोलिले घाईते कनौजियालाई उद्दार गरी प्राथमीक स्वास्थ्य केन्द्र भिंगृमा ल्याई सामान्य उपचार गरि भिंगृमा उपचार सम्भव नभएकाले थप उपचारका लागीे बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।