नेपाली सेना द्वारा निर्माण गरिएकाे हेलिप्याड स्थानीय सरकारलाई हस्तान्तरण

नेपाली सेना द्वारा निर्माण गरिएकाे हेलिप्याड स्थानीय सरकारलाई हस्तान्तरण


असार १३ प्युठान
प्युठानकाे गाैमुखि गाउपालिका वडा नम्बर पाच सालि बिसाैनामा नेपाली सेनाकाे नागरिक सैनिक सहकार्य कार्यक्रम अन्तरगत गाैमुखि गाउपालिकाकाे आर्थिक सहयाेगमा नेपाली सेना श्री बर्द बहादुर गणकाे प्राबिधिक सहयाेगमा निर्माण सम्पन्न हेलिप्याड आज एक कार्यक्रमका बिच गर्णले गाैमुखि गाउपालिकालाई हस्तान्तरण गरेकाे छ।


बिपतकाे समयमा उद्वारका लागि पालिकाकाे उपयुक्त स्थान पहिचान गरि निर्माण सम्पन हेलिप्याड १९ नम्बर बाहिनी अड्डाका बाहिनि पति साहयक रथि भुवनपुर्ण सत्याल द्वारा पालिका अध्यक्ष बिष्णुकुमार गिरीलाई हस्तान्तरण गर्नु भएकाे हाे।


हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल ,डिभिजन वन कार्यलयका प्रमुख शंकर गुप्ता ,जिल्ला प्रहरी कार्यलय,शस्त्र बल ,जिल्ला अनुसन्धान ,स्थानीय जनप्रतिनिधि ,पालिका प्रमुख प्रशासकिय अधिकृत एवम स्थानीय र संचारकर्मिहरुकाे उपस्थित रहेकाे थियाे
पालिका अध्यक्ष बिष्णुकुमार गिरीले हेलिप्याड तत्कालै प्रयाेगमा नआएपनि बिपत्तिकाे बेलामा राहत र उद्वारका सहज हुने बताउनु भयाे।


बाढी पहिराेकाे हिशाबले उच्च जाेखिममा रहेका गाैमुखि गाउपालिका भित्रका विभिन्न बस्ति तथा बर्खायाममा बिपतकाे रेड जाेनमा रहेकाे मुख्य सडक खण्ड मच्छि ठुलाबेशि अबरुद्ध हुनगएमा बैकल्पिक उपाय बिपत्तिका बेला कुनै थिएन अब केहि सहज हुने अध्यक्ष गिरीले बताउनु भयाे
हेलिप्याड निर्माणमा प्राबिधिक सहयाेग गरेकाेमा बर्द बहादुर गणका गणपति प्रमुख सेनानि रमेस थापा लगाएत निशुल्क जग्गा उपलब्ध गराउने स्थानिय जग्गादाताहरुलाई धन्यवाद दिदै प्रशंसापत्र प्रदान गर्नु भएकाे छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।