दुई पेशागत संगठन द्वारा पत्रकार महासंघ प्युठान शाखामा ताल्चा


असार १५ प्यूठान
प्युठान नेपाल प्रेस युनियन जिल्ला शाखा प्युठान र प्रगतिशील पत्रकार सङ्घ प्युठानले नेपाल पत्रकार महासङ्घको जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन ।


महासङ्घको सदस्यता शुद्धीकरणमा दुबै पेशागत संगठन का क्रियाशील पत्रकारलाई विभेद गरेको भन्दै युनियनका अध्यक्ष मधुसूदन भन्डारी र प्रगतिशील संघका अध्यक्ष प्रज्वल पहाडीको नेतृत्वमा शनिबार ताल्चा लगाइएका हुन।
महासङ्घको प्युठान जिल्ला समिति र प्रदेश समितिले पठाएको शुद्धीकरण नामावली काटेको र सिफारिस बिनाका कतिपय नाम मनोमानी थपेको प्रसङ्ग उठाउँदै दुबै विज्ञप्तिमा भनिएको छ– “शाखा र प्रदेशले सिफारिस गरेका व्यक्तिहरूको समेत महासङ्घ केन्द्रले मनोमानी ढङ्गले सदस्यता खारेज गरेकोप्रति असहमति जनाउँदै खेद प्रकट गरीएकाे छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।