शिक्षाबाट समृद्ध हासिल गर्न सकिन्छ :प्रा .डाक्टर काेईराला

१५ असार २०८१ प्यूठान
संघर्ष मिडिया ब्यूराे
प्यूठान मल्लरानी गाउँपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा अपराध न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन भएकाे छ।
शिक्षाविद् प्रा. डा. विद्यानाथ कोईरालाको प्रमुख आतिथ्यतामा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रमकाे आयोजना मल्लरानि गाउपालिका तथा जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्यमा सम्पन्न भएकाे हाे।
शैक्षिक गुणस्तर अभिवृद्धि तथा अपराध न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको ।
प्रमुख अतिथि तथा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोईरालाले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरुको भुमिका महत्वपुर्ण हुने, शिक्षाले नै अध्यारोबाट उज्यालो तर्फ डोर्‍याउने, शिक्षाबाट नै समृद्धि हासिल गर्न सकिने र यसबाट एउटा परिवार देखी गाउँ समाज हुँदै समग्र देशको विकास हुने कुरा व्यक्त गर्नुका साथै शिक्षकहरुलाई उत्प्रेरित हुने र मनोबल बढाउने किसिमका व्यवहारिक पक्षहरु समेत व्यक्त गर्नुभएको हाे । शिक्षकहरुले बालबालिकाको मनोभावना बुझी व्यवहारहरु गर्नुपर्ने र सँधै सकारात्मक सोँचका साथ आफ्नो कर्तव्य पालना गर्नुपर्ने कुरा बताउनु भएको छ।


त्यसैगरी जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापाले प्युठान जिल्ला तथा मल्लरानी गा.पा.मा हुने अपराधको तथ्यांक प्रस्तुत गर्दै अपराध न्युनिकरणमा विद्यालय र शिक्षकहरुको भुमिका र किशोरावस्थाका बालबालिकाहरु कसरी अपराधमा संलग्न हुन सक्छन भन्ने बारेमा प्रष्ट पार्नुका साथै किशोरावस्थाका विद्यार्थीहरुबाट हुन सक्ने अपराधजन्य क्रियाकलापहरु न्यूनिकरण गर्न समयसमयमा विद्यार्थीहरुलाई सचेत एवं जिम्मेवारीबोधका साथ यस्ता क्रियाकलापहरुलाई निरुत्साहित तथा नियन्त्रण गर्न प्रहरीलाई समयमै सुचना दिई जिम्मेवार नागरिकको भुमिका निर्वाह गर्नुपर्ने थापाले बताउनु भएकाे छ।
कार्यक्रमका अध्यक्ष तथा मल्लरानी गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले कार्यक्रम सफल भएको कुरा उल्लेख गर्दै प्रमुख वक्ता शिक्षाविद् प्रा.डा. विद्यानाथ कोईरालाले व्यक्त गरेका कुराहरुलाई मनन गरी शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरुले आफ्नो कर्तव्यलाई निष्ठा पूर्वक पालना गर्न आग्रह गर्नुभएको छ ।अपराधमुक्त विद्यालय र समाज निर्माण गर्नमा समेत आ-आफ्नो भुमिका निर्वाह गर्न सबै लाग्नु पर्ने खड्काले बताउनुभयाे।
पालिकाका जनप्रतिनिधिहरु, कर्मचारी, पालिका अन्तर्गत रहेका विद्यालयहरुका, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, प्रधानाध्यापक तथा शिक्षकहरु लगायत ५८ जनाको उपस्थितिमा “शैक्षिक गुणस्तर अभिवृद्धि तथा अपराध न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको हाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।