डोटीमा बस दुर्घटना : १७जना घाइते, ४ को अवस्था गम्भीर

संघर्ष मिडिया डेस्क

डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। धनगढीबाट दिपायल आउँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईका अनुसार दिपायल सिलगढी नगरपालिका–४ समुहगाड स्थित शुक्रवार बिहान ५ बजेतिर बस दुर्घटनामा परेको हो।

दुर्घटनामा परि घाइते भएकाहरूको राजपुर स्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ। ४ जना घाइतेहरूको अवस्था गम्भीर रहेको र बाँकी सामान्य रहेको डिएसपी भट्टराईले बताए।

बस सडकबाट करिब ३५ मिटर तल खसेको छ। दुर्घटना उकालोमा भएकले केही प्राविधिक कारणले दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ। बाँकी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।