नवनियुक्त अध्यक्ष बस्सेल द्वारा पदभार गर्नु अघि रक्तदान गर्ने
नवनियुक्त अध्यक्ष बस्सेल द्वारा पदभार गर्नु
अघि रक्तदान गर्नेप्यूठान — नव नियुक्त अस्पताल विकास समिति प्यूठानका अध्यक्ष कृष्ण प्रसाद बस्सेलले जेठ १२ गते दिउँसो ३ बजे पदभार ग्रहण गर्ने भएका छन्। पदभार ग्रहण गर्नु अघि उनले जनताको सेवामा समर्पणको प्रतीकस्वरूप रक्तदान गर्ने जनाएका छन्।
जोश–जाँगर भएका बस्सेल नेपाली कांग्रेस निकट तरुण दल प्यूठानका जिल्ला अध्यक्ष समेत हुन्। पदभार ग्रहणसँगै उनले अस्पताल सुदृढीकरणका लागि सबै सरोकारवालाहरूसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।
“स्वास्थ्य सेवा जनताको आधारभूत अधिकार हो, यसलाई प्रभावकारी बनाउने मेरो प्राथमिकता हुनेछ,” बस्सेलले भने। अस्पतालको सेवा, पूर्वाधार र व्यवस्थापनलाई सुधार गर्दै जनतालाई गुणस्तरीय सेवा दिन आफू कटिबद्ध रहेको उनले स्पष्ट पारेका छन्।