काठमाडौंमा प्यूठानका सिद्विमणि सुवेदी बेपत्ता

काठमाडौंको कपनबाट एक जना वृद्ध बेपत्ता भएका छन् । प्युठानको टारी स्थायी घर भई कपन बस्दै आएका ६८ वर्षीय सिद्धिमणि सुवेदी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सुवेदी बुधबारदेखि सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । उनी बुधबार बिहान करिब साढे ९ बजे घरबाट निस्किएका थिए । त्यसपछि सम्पर्कमा नआएको परिवारको भनाइ छ । घरबाट निस्किंदा उनले निलो र सेतो बुट्टा भएको सर्ट, हरियो (मेहेन्दी) रङको हाफपाइन्ट र निलो (FILA) लेखेको चप्पल लगाएका थिए । आफन्तका अनुसार उनलाई बिर्सिने रोग छ । प्रहरीले हराएका सुवेदीलाई कसैले भेटाए मोबाइल नम्बर ९८६११४३१६५र ९८५१०७८०७५ वा नजिकको प्रहरीलाई खबर गरिदिन भनेको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।