शहरी विकास तथा खानेपानी मन्त्रालयको वार्षिक समीक्षा गोष्ठी सुरु
प्यूठान, साउन ९
शहरी विकास तथा खानेपानी मन्त्रालयअन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयहरूको आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा गोष्ठी तथा विकास समस्या समाधान समितिको बैठक सुरु भएको छ।
लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री रोज राणाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा १२ जिल्लाका खानेपानी कार्यालय प्रमुखहरूले आ–आफ्ना जिल्लामा भएका काम, समस्याहरू, चुनौतीहरू, भौतिक तथा वित्तीय प्रगति र आगामी कार्ययोजना प्रस्तुत गरिरहेका छन्।
कार्यक्रममा मन्त्रालयका सचिव वासुदेव पौडेल, महाशाखा प्रमुख एवं प्रवक्ता गुणानिधि पोखरेल, मन्त्री राणाका स्वकीय सचिव महेन्द्र के.सी.लगायत मन्त्रालयका अधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको छ।
बैठकमार्फत विकास कार्यमा देखिएका अवरोध पहिचान गरी तिनको समाधानका उपाय तय गरिने मन्त्रालयले जनाएको छ।