घर घर जाउ काङ्ग्रेस जिताउ अभियान प्युठानमा सुरु
नेपाली काङ्ग्रेस प्युठानले घर घर जाउ काङ्ग्रेस जिताउ अभियानकाे तयारि तिब्र पारेकाे छ ।
आगामि बैशाख ३०मा हुने स्थानिय निर्बाचनकाे माहाेल तयार गर्ने उद्श्यले फागुन २९ देखि चैत्र २९ सम्म एक महिने कार्यक्रम काङ्ग्रेसले देश ब्यापि रुपमा सन्चालन गर्दै छ ।
अभियानले जनतामा चुनाबि माहाेल तयार गर्ने, अमेरिकि बिकास सहयाेग एमसिसि काे बिषयमा देखिएकाे भ्रम र यथार्थका बारेमा जनतामा जानकारि गराउने उभियानकाे लागि केन्द्रीय प्रतिनिधि किरण पौडेलले जानकारि गराउनु भयाे ।
प्रतिनिधि पौडेल शुक्रबार देखि प्युठान आई जिल्ला कार्यसमिति , विभिन्न भातृ तथा शुभेच्छुक सङ सङ्गठनका प्रमुख प्रतिनिधि सङ्ग छलफल गरिरहनु भएको छ ।
अभियानकाे फागुन २९ गते देशब्यापि रुपमा थालनि गर्ने , काङ्ग्रेस कार्यकर्ता मात्रै नभई आम नागरिकमा चुनाबि बाताबरण तयार गर्ने उद्श्य रहेकाे नेपाली काङ्ग्रेस प्युठान सभापति बिष्णु गिरिले बताउनु भएको छ ।
कार्यक्रमकाे फागुन २९ गते कालिका बिकास केन्द्र काे सभाहल बिजुवारमा यक कार्यक्रम गरि प्रत्यक टाेल सम्म पुग्ने गरि प्रतिनिधि पठाउने गिरिले बताउनु भएको छ ।
१ महिने कार्यक्रमका लागि केन्द्रले किरण पौडेल र प्रदेश समितिले पुस्पा श्रेष्ठ र टेक बहादुर बस्नेत लाई जिम्मेवारी ताेकेकाे छ ।