झिमरुककाे हाटबजार संचालनमा ल्याउन सकस
प्यूठान।झिमरुक गाउपालिकाले आर्थिक बर्ष २०८१ / ०८२ मा गाउपालिका भित्र रहेका कृर्षकहरुलाई लक्ष्यित गर्दै कृर्षि बजार स्थापनाकाे लागि रु छ लाख रुपैयाँ बिनियाेजन गरि झिमरुक गाउपालिका वडा नम्बर ५ मच्छि गर्दङ खाेलाकाे तिर( पलाटिङमा) स्थानीय चिंताबहादुर जि सिकाे दुई राेपनि जग्गा लिजमा लिएकाे हाे।
पालिकाले जग्गा धनी जि सिलाई २०८१ फागुन महिना देखि मासिक रु दुई हजार रुपैया जग्गाकाे भाडा तिर्ने सम्झाैता बमाेजिम कृर्षि हाटबजार केन्द्र स्थपना गरेकाे पालिका कृर्षि प्राबिधिक सहायक बिजय पाैडेलले बताए।
हाटबजार स्थापना गरेकाे स्थान सडक भन्दा मुनि गहिराे पानी जम्ने,बर्षादकाे भेल पस्ने जग्गा भएकाले संचालनमा ल्याउन कठिन भएकाे पाैडेलले संघर्ष मिडियालाई बताए ।

आठ महिना बितिसक्दा पनि ब्याक्तिगत जग्गामा सरकारले लगानि गरि बनाएकाे कृषि हाटबजार केन्द्र संचालनमा ल्याउने गाउपालिकाले चासाे नदिदा स्थानीय कृर्षककले पालिककाे हाटबजारमा आफुले उत्पादन गरेका कृर्षि सामाग्रि बेचबिखन गरेर घरखर्च चलाउने,चाडपर्व मनाउने रहर आसैआसमा सेलाएकाे बताए ।
हाटबजार केन्द्र संचालनमा ल्याउनका लागि समिति बनाएर कृर्षि सहकारी वा संघ संथालाई जिम्मा दिने गरि ब्यबस्थापन गर्छाै त्यसका लागि अझै एक दुई महिना लाग्ने कृर्षि सहायक प्राबिधिक पाैडेलले बताए।
जनताले तिरेकाे राजश्वबाट करोडौं रुपैयाँ लागतमा बनेकाे झिमरुक गाउपालिकाकाे चिस्यान केन्द्र निर्माणकाे बर्षाैदिन बितिसक्दा पनि संचालनमा ल्याउन नसकि अलपत्र अबस्थामा परेकाे कृर्षकहरु बताउछन।
तरकारी फलफूलकाे सिजन र चाडपर्वकाे समयमा संचालनमा नआएकाे हाटबजार कहिले संचालन हाेला र किनमेल गराैला भन्ने झिमरुक बासिकाे आशा कहिले पूरा हाेला?