मन्त्री राणाद्वारा नया प्रशाशनिक भबनबाट सेवा शुभारम्भ

दाङ्। लुम्बिनी प्रदेश सरकारले आफ्नै नव निर्मित प्रशासनिक भवनबाट ओैपचारीक रूपमा सेवा सुरु गरेको छ । आज शहरी बिकास तथा खानेपानी मन्त्री सराेज थापा राेज राणाले शहरी बिकास तथा खानेपानी मन्त्रालयकाे नयाँ प्रशासनिक केन्द्रबाट दैनिक कामकाजको लागि बिधिगत रुपमा शुभारम्भ गर्नुभएको छ।
उहाले एकै परिसरबाट सेवा सञ्चालन हुन थालेपछि सेवाग्राहीलाई सहजता हुने र कामको प्रभावकारिता बढ्ने विश्वास व्यक्त गर्नु भएकाे छ।
काठमाडौँस्थित शर्मा–सगुन जेभीले निर्माण सम्पन्न गरेको उक्त प्रशासनिक केन्द्रका लागि प्रदेश सरकारले २०७९ साल मंसिर २८ गते ठेक्का सम्झौता गरेको थियो। सोही वर्ष फागुन ३ गते स्थापना दिवसको अवसर पारेर शिलान्यास गरिएको थियो।
प्रदेश राजधानी कार्यान्वयन एकाइका निमित्त प्रमुख इन्जिनियर प्रदीप भट्टराईका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १० वटा मन्त्रालय भवन निर्माण सम्पन्न भएको छ। ३ अर्ब ९ करोड २९ लाख ३८ हजार ७२ रुपैयाँ लागतमा निर्माण गरिएको प्रशासनिक केन्द्र १७ बिघा १९ कट्ठा ४ धुर क्षेत्रफलमा फैलिएको छ।
नयाँ प्रशासनिक केन्द्र सञ्चालनमा आएसँगै सेवा प्रवाह थप सहज, प्रभावकारी र एकीकृत हुने अपेक्षा गरिएको छ।
२०७९ मंसिर २८ गते प्रदेश सरकारले तत्कालीन राप्ती प्राविधिक शिक्षालयका भवनहरूबाट मन्त्रालयको काम सुरु गरेको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।