“सेवाभावले अर्घाखाँचीमा सन्चालन गरिएको छायां बिशेषज्ञ अस्पताल, बिरामीको पहिलो रोजाइ बन्दै”

सुर्यप्रसाद भुसाल
चैत २६ अर्घाखाँची
विकट भनेर चिनिने अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर -१ शान्ति बगैचाको मुनीपट्टि अत्याधुनिक सेवासहितको २४ बेडको छाँया हस्पिटल प्राली पुर्व स्वास्थ्यकर्मी समाजसेवी दलबहादुर केसिले सञ्चालनमा ल्याएपछि अर्घाखाँची सहित ३ जिल्लाका बिरामीहरु प्रतक्ष्य लाभान्वित भएका छन्।
सन्धिखर्कमै अत्याधुनिक सेवासहितको बिशेषज्ञ अस्पताल सञ्चालनमा आएपछि बिरामी भएर उपचारका लागि बुटबल काठमाडौं भरतपुर भैरहवा तथा अन्य स्थानका अस्पतालमा जानुपर्ने बाध्यता हटेको छ भने जिल्ला अस्पतालमा उपचार हुन नसकेका बिरामीको छाया बिशेषज्ञ अस्पतालमा उपचार हुने गरेको छ ।
सामान्य रोगका बिरामीको लागि पनि उपचारका लागि अर्घाखाँची बाहिर जानुपर्ने अवस्था भएपछि विकट मानिने अर्घाखाँचीमा छाया हस्पिटल प्रालि सञ्चालन गरिएको अस्पतालका बरिस्ठ फिजिसियन तथा मुटु रोग विशेषज्ञ डाक्टर प्रदिप जंग केसीले बताए । अर्घाखाँची जिल्लामा शल्य क्रियाको सुविधा सिटिस्क्यान सुबिधा सहितको अस्पताल नभएका कारण आफूहरुले अस्पताल सञ्चालनमा ल्याएको डाक्टर केसीको भनाइ छ ।

अस्पतालमा फिजिसियन सेवा ओपिडि सेपा , मुटु रोग सेवा , महिला तथा प्रसूति रोग सेवा, स्त्री रोग सेवा, हाड जोर्नी तथा नशा रोग सेवा सिटिस्क्यान सेवा ल्याब सेवा सहतिका सेवाहरु अस्पताल ले दिदै आएको अस्पतालका अध्यक्ष दलबहादुर केसिले बताए ।
यस अस्पतालमा एपेन्टीसाइटिस, हर्निया हाईड्रोसिल पथरि जस्ता अपरेसन हरु साप्ताहिक रुपमा हुने गरेको कन्सल्टेन्ट स्त्रिरोग बिशेषज्ञ डाक्टर निता श्रेष्ठको भनाइ छ ।
सामान्य रोग लाग्दा पनि उपचारका लागि बुटबल,पाल्पा, चितवन, काठमाडौंलगायतका स्थानमा जानुपर्ने समस्या रहेको जिल्लामा छाँया हस्पिटल प्राली सञ्चालन भएपछि अर्घाखाँचीबासीहरु पनि खुशी भएका छन् ।जटिल प्रकारका सुत्केरीहरुको सफल शल्यक्रिया समेत गरिरहेको अस्पतालका महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नीता श्रेष्ठले जानकारी दिईन ।
बुटबलमा बसेर बिरामीको चेकजाँच तथा अप्रेसन गर्दै आएका आफूहरु आफ्नै जिल्लामा आएर केही सेवा गर्नुपर्छ भन्ने उदेश्यका साथ अस्पताल सञ्चालन गरेको अस्पतालका फिजिसियन तथा मुटु रोग विशेषज्ञ डाक्टर प्रदिपजंग केसीले जानकारी दिए।
सन्धिखर्कमै अत्याधुनिक सेवासहितको अस्पताल सञ्चालनमा आएपछि अर्घाखाँचीका मात्र हैन छिमेकी जिल्ला गुल्मी, प्युठानका मानिस पनि उपचारका लागि आउने गरेका छन् । अस्पतालमा अहिले धेरै जस्तो बिरामिहरु सिटि गराउन आउने गरेका छन ।यश अस्पतालमा बिरामीको चाप बढी भएकाले व्यवस्थापनमा केही दबाब भए पनि नागरिकको विश्वास जित्न थालेकाले आफूहरूलाई काम गर्ने हौसला मिलिरहेको अध्यक्ष केसिको दाबि छ ।
‘यो अस्पताल स्थानीय नागरिकलाई लक्षित गरी सञ्चालनमा ल्याएका थियौँ, हाल अर्घाखाँची प्यूठान, गुल्मी पाल्पा सम्मका नागरिकले पनि सेवा लिइरहेका छन् । यो हाम्रो सेवाप्रतिको भरोसा पनि हो’, अध्यक्ष केसिले भने ।
उनका अनुसार यहाँबाट दैनिक एक सयदेखि डेढ सय बिरामीले सेवा लिने गरेका छन । कुनै कुनै समयमा दैनिक दुई सयसम्म बिरामी आउने गरेको पनि उनले जानकारी दिए । अस्पतालमा हाल चौबिसै घण्टा आपत्कालीन सेवा, बहिरङ्ग सेवा, भिडियो एक्स–रे, एक्स–रे, प्रयोगशाला, सुरक्षित गर्भपतन, आमा सुरक्षा कार्यक्रम र बिरामी भर्ना गर्ने इन्डोर सेवा सञ्चालनमा छ ।
यस्तै, प्रत्येक महिनाको पहिलो दोस्रो तेस्रो र अन्तिम शनिबार काठमाडौं बुटवल का विशेषज्ञ डाक्टर हरु यहि आएर सेवासमेत दिने गरेका छन । सेवा सहजताका लागि अक्सिजन सिलिण्डरसहितको एम्बुलेन्स सुविधा छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।