खोप अभियानमा योगदान पुर्‍याउने स्वास्थ्यकर्मी सम्मानित

प्यूठान, जेष्ठ १४ । जिल्लामा खोप अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने नौवटै पालिकाका उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ ।
पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा सभाको अवसरमा स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याएका स्वास्थ्यकर्मीलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा गौमुखी गाउँपालिकाको नारिकोट स्वास्थ्य चौकीकी अनमी पूजा कुमारी चौधरी, नौबहिनी गाउँपालिकाको खवाङ स्वास्थ्य चौकीकी सिनियर अनमी अनिशा पुन, झिमरुक गाउँपालिकाको बाँदिकोट स्वास्थ्य चौकीकी सिनियर अनमी मुमा एमसी र धर्मावती स्वास्थ्य चौकीकी सिनियर अनमी देवका कुँवर रहनुभएको छ ।

यस्तै मल्लरानी गाउँपालिकाको चुजा आधारभूत स्वास्थ्य चौकीका अहेव शिला आचार्य, स्वर्गद्वारी नगरपालिकाको गोठिवाङ स्वास्थ्य चौकीकी सिनियर अहेव यमकला पुन, माण्डबी गाउँपालिकाको तिराम स्वास्थ्य चौकीका सिनियर अहेव बासुदेव घर्ती, ऐरावती गाउँपालिकाको धुवाङ स्वास्थ्य चौकीकी अहेव लक्ष्मी खत्री धामी तथा सरुमारानी गाउँपालिकाको बुढीचौर आधारभूत स्वास्थ्य केन्द्रकी अनमी शोभा नेपाली सम्मानित हुनुभएको हो ।
खोप व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुर्‍याएको भन्दै स्वास्थ्य कार्यालय प्यूठानका सहायक गणेश बिष्टलाई समेत सम्मान गरिएको छ ।
बिहीबार आयोजित कार्यक्रममा प्यूठान जिल्लालाई पुनः पूर्णखोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । स्वास्थ्य कार्यालयका अनुसार चालु वर्षमा हजारौँ बालबालिका तथा गर्भवती महिलालाई पूर्ण खोप सेवा प्रदान गरिएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री तुल्सीराम शर्मा, प्रदेश सभा सदस्य नीमा गिरी, प्यूठान नगरपालिकाका प्रमुख बिष्णु योगी, प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईं लगायतले खोप कार्यक्रमको महत्वबारे धारणा राख्नुभएको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।