निर्देशक रेशराज आचार्यको निधन

वरिष्ठ फिल्म निर्देशक रेशराज आचार्यको निधन भएको छ । निर्देशक आचार्यको बुधबार साँझ ८ बजे चावहिलस्थित ओम अस्पतालमा हृदयघातले भएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए । एक वर्षदेखि अस्वस्थ आचार्यको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि बुधबार ओम अस्पताल पुर्याइएको थियो । आचार्यको बिहीबार बिहान पशुपति आर्यघाटनमा अन्तिम दाहसंस्कार गरिएको छ ।


‘म आचार्यको निधनको खबर सुनेर पशुपति पुगेको थिए’ अध्यक्ष दाहालले भने, ‘म पुग्दा परिवारले त अन्तिम संस्कार गरिसकेको रहेछ ।’ आचार्य २०४४ मा रिलिज भएको फिल्म ‘तिलहरि’ बाट निर्देशन होमिएका थिए । त्यसपछि ‘प्रीतिको फूल’ लगायत केही फिल्म निर्देशन गरेका आचार्यको ‘स्मृति’ नामक टेलिसिरियल हिट मानिएको छ । 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।