निजामती कर्मचारी युनियन प्यूठानको अध्यक्षतामा पन्त निर्बाचित
माघ २६ प्यूठान
प्यूठान ।नेपाल निजामती कर्मचारी युनियन प्यूठानकाे नबाै जिल्ला अधिबेशन युनियनका अध्यक्ष खिम बहादुर अधिकारीकाे अध्यक्षतामा आज हाेटल आयुष्मा प्युठानमा सम्पन भएकाे छ।
अधिबेशनकाे उद्घाटन प्रमुख अतिथि लुम्बिनी प्रदेस सांसद निमा गिरीले गर्नु भएकाे हाे।उद्घाटन गर्दै गिरीले कर्मचारीहरुकाे हकहित का लागि सधै आवाज बुलन्द गर्ने बताउनु भयाे।
अधिबेशनबाट सुर्यबहादुर पन्तकाे अध्यक्षतामा निर्बिराेध कार्यसमिति गठन भएकाे छ।उपाध्यक्ष खुल्ला श्रीधर पाेख्रेल,उपाध्यक्ष महिला जुक्ता पाेख्रेल,उपाध्यक्ष समाबेशि सेरसिंह थापा,सचिब हुमलाल न्याैपाने,सह- सचिब हरी प्रसाद गाैतम,काेषाध्यक्ष नारायण प्रसाद घिमिरे ,सदस्यहरुमा मदन रिजाल,केशब गिरी,मनाेज पाेख्रेल,मन्जु धिताल,सराेज डागि,हुमलाल सुनार,मेघराज थारु,बिजुला जि सि,शान्तिकुमारी पुन मगर,कृत बहादुर बि क र टंक बहादुर चाैधरी निर्बिराेध निर्बाचित हुनुभएकाे हाे।
युनियकाे केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खिम बहादुर अधिकारी ,धर्म बहादुर डि सि,यशाेदा बैध,बिष्णु थापा छबिलाल सुनार र प्रदेश महाधिबेशन प्रतिनिधिमा शाेभाराम राेका ,शाेभाराम काेईराला, गिरीराज पाैडेल,लाेकेन्द्र खड्का,र केशबति भट्टराई निर्बिराेध निर्बाचित हुनु भएकाे छ।
अधिबेशनकाे अबसरपारी लुम्बिनी प्रदेस सभा सदस्य सांसद निमा गिरिलाइ नेपाल निजामती कर्मचारी युनियन प्युठानले सम्मान गरेको छ। लुम्विनी प्रदेशमा रहेर प्रदेश निजामती ऐन र स्थानिय तह निजामती ऐन लगायत निर्माणमा महत्वपूर्ण भुमिका खेलेको तथा प्रदेशमा नीति सुधारमा कर्मचारीका आवाज उठाई कार्यान्वयनमा जोड दियको भन्दै सासंद गिरिलाइ सम्मान गरिएको छ।