‘बुद्धले जहाज संख्या २१ पुर्याउँदैछ, सुरक्षामा सम्झौता हुँदैन
६ फागुन, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । निकट भविश्यमा आधा दर्जन जहाज थप्ने तयारी गरिरहेको कम्पनीले पोखरा केन्द्रित क्षेत्रीय उडान आक्रामक रुपमा विस्तार गरिरहेको छ ।
नेपालमा हवाइ यात्रु र उडान संख्या बढिरहँदा बेलाबेला सुरक्षाका विषयमा पनि प्रश्न उठ्ने गरेको छ
कोरोना महामारीबाट उठ्दै गर्दा हवाई उद्योगको पछिल्लो अवस्था के छ ?
महामारीका बेला आवत–जावतमा रोक लाग्दा सबभन्दा ठूलो प्रभाव हवाई यातायातले बेहोर्नुपर्यो । सन् २०१९ मा झण्डै ४२ लाख आन्तरिक यात्रुले त्रिभुवन विमानस्थलबाट यात्रा गरेकोमा २० मा यो संख्या घटेर ११ लाखमा झरेको तथ्यांक छ । २०२१ मा केही सुधार भएर यात्रु संख्या साढे १४ लाख पुग्यो । हवाई सेवाले बेहोर्नु परेको भयाभह अवस्था यो तथ्यांकले नै दर्शाउँछ । महामारी अगाडि वार्षिक साढे ३२ हजार उडान हुने गरेकोमा २०२१ मा यो संख्या घटेर साढे ११ हजारमा सीमित भएको थियो