एमसीसीबारे मन्त्री झाँक्री : मैले प्रधानमन्त्रीको भन्दा फरक धारणा राख्न उपयुक्त हुँदैन

६ फागुन, काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमसीसीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको धारणा भन्दा फरक धारणा आफूले राख्न उपयुक्त नहुने बताएकी छन् ।

संसद बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै मन्त्री झाँक्रीले आफू मन्त्रिपरिषदको सदस्य रहँदासम्म प्रधानमन्त्रीको भन्दा फरक धारणा राख्न उपयुक्त नहुने बताएकी हुन् 

उनले भनिन्, ‘म मन्त्रिपरिषदको सदस्य भएको कारणले अहिले मैले प्रधानमन्त्रीले राखेको धारणा भन्दा फरक भएर धारणा राख्न उपयुक्त पनि हुँदैन, जतिबेलासम्म म यो मन्त्रिपरिषदको सदस्य हुन्छु ।’ एकीकृत समाजवादीकी नेतृ झाँक्रीले पार्टीको धारणा भोलिको बैठकबाट आउने बताइन् ।

कतिपय विषयहरु नेपालको आन्तरिक राजनीतिमा अनावश्यक ढंगले किचलो हाल्न ल्याइएको भन्दै उनले राष्ट्रको हित र सरकारको विश्वसनीयताका लागि त्यस्ता विषयबाट सचेत रहनुपर्ने बताइन् 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।