अठार बर्षदेखि ओछ्यानमै थला परेका छन नुम बहादुर

बिमल प्रसाद पाेख्रेल
फागुन २९ प्युठान।

भारतमा मजदुरी गर्ने क्रममा छतबाट खसेर अपांग नुम बहादुर के.एम. १८ वर्ष देखि ओछ्यानमै ।
१८ वर्ष पहिले भारतमा मजदुरी गर्ने क्रममा घरको छतबाट खसेर मेरुदण्ड भाचिए पछि हिड्डुल गर्न नसक्ने हुनुभएका झिमरुक-६, भण्डारी पोखरा बस्ने नुम बहादुर के.एम.को आर्थिक अभावको कारण समयमै उपचार नपाउदा वर्षौं देखि ओछ्यानमै थला परेर बस्न बाध्य भएका छन।
उनको १० वर्ष पहिले कान्तिपुर दैनिक पत्रीका र एभिन्युज टेलिभिजनमा पत्रकार गिरु भण्डारी, बिजय सिंह भारती र एभिन्युज टेलिभिजनको डेस्कबाट मिडियाकर्मी घरमै आएर समाचार बनाएपछि उपचारको लागि केहि सहयोग जुटेको थियो । सहयोगबाट काठमाण्डौमा उपचार भएपनी पुर्ण निको नहुदा ओछ्यानमै छोराछोरीको सहारामा जीवन जिउन बाध्य छन। २ छोरा २ छोरीलाई मजदुरी गरेर पालनपोषण गर्ने र लेखपढ गराउने घरको अभिभावक अपांग भएपछी छोराछोरीले निकै समस्या झेल्नुपरेको छ ।
६० वर्षीय नुम बहादुर के.एम. खानपिन दिशापिसाप हेरचाह छोराछोरीबाट हुँदै आएको छ । २ छाेरा र २ छाेरीले मजदुरी गरेर घर खर्च र जनतन सामान्य गर्जो टारेको उनको भनाइ छ आज समस्या बुझ्न घरमै पुगेका पत्रकार बासुदेब गिरिले दुखमा परेका नुम बहादुर के एमकाे आत्मबल बढाउन र घरकाे चुलाे बाल्न सबै संग अपिल गरेका छन।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।