झिमरुकमा आधारभुत तथा माध्यमिक तहकाे परिक्षाकाे तयारि तिब्र

झिमरुकमा बार्षिक परीक्षाकाे तयारी तिब्र
बिमल प्रसाद पाेख्रेल
चैत्र २८ प्युठान
आधारभुत तह कक्षा आठकाे झिमरुक गाउपालिका स्तरीय बार्षिक परिक्षाकाे तयारि तिब्र गतिमा भएकाे छ।
पालिकाभरका १८ ओटा बिधालयका ५५६ जना बिधार्थि परिक्षामा सामेल हुने झिमरुक गाउपालिका परीक्षा समितिका संयाेजक तथा झिमरुक गाउपालिका प्युठानका शिक्षा अधिकृत माेहन बि सिले बताउनु भयाे।परीक्षा आगमि चैत्र पाच गते देखि १३ गतेसम्म चल्ने छ।परिक्षाकाे सुरुकाे चैत्र ५ गते अङ्ग्रेजी बिषयकाे परीक्षा हुनेछ भने ६ गते नेपाली ,७ गते विज्ञान तथा बाताबरण ,८ गते सामाजिक अध्ययन तथा जनसंख्या शिक्षा,९ गते पेशा ब्यबसाय तथा प्रबिधि शिक्षा ,१० गते कम्प्युटर शिक्षा,११ गते सनिबार परेकाे हुदा सार्वजनिक बिदा रहेकाे छ। चैत्र १२ गते गणित रहेकाे छ भन्ने अन्तिम दिन चैत्र १३ गते स्वास्थ्य तथा शारीरिक शिक्षा र नैतिक शिक्षा रहेकाे परीक्षा समितिले जानकारी दिएकाे छ।
झिमरुक गाउपालिका भित्र रहेका सबै बिधालयकाे कक्षा १ देखि ९ सम्मकाे परीक्षा समेत चैत्र ५ गते देखि १३ गते सम्मकाे मितिमा हुनेछ ।
कक्षा १ देखि पाच सम्म ३४४३ जना बिधार्थि कक्षा ६ देखि ८ सम्म १९०२ जना र कक्षा १ र१० मा गरि माध्यमिक तह का १०७५ गरि ६४२० जना बिधार्थि परिक्षामा सहभागी हुनेछन कक्षा १० का ५०३ जनाले एस ई ई काे पुर्बतयारि परीक्षा दिनेछन।
परिक्षाकाे लागि उत्तर उस्तिका तथा प्रश्नपत्र र प्रबेश पत्र सबै बिधालयहरुमा चैत्र एक गते भित्र उपलब्ध गराउने तयारी भईरहेकाे परीक्षा समितिका संयाेजक बि सि ले बताउनु भयाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।