मच्छी- पिडाल्ने पक्की पुलको डिपिआरको काम थालियो

मच्छी- पिढाल्ने पक्की पुलको डिपिआरको काम थालियो
बिमल प्रसाद पोख्रेल
प्युठान । प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ५ र ७ जोड्ने मच्छी-पिडाल्ने पक्की पुलको डिपिआरको काम थालनि गरिएको छ ।
बुधबार गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको रोहवरमा कन्सल्टेन्सीका प्राविधिक सहितको टोलिले डिटेल सर्भेको काम थालिएको हो । पक्की पुल निर्माण भएपछी मच्छी र पिडाल्ने तुषारा छातिपाटा राट्टारी क्षेत्रका बस्तिहरुलाई सडक संजालमा जोडेर आवजावतमा सहजता हुने गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री बताए । उनका अनुसार सडक पुर्वाधार कार्यालय प्युठानको लगानिमा डिपिआरको काम शुरु गरिएको छ ।
सडक पुर्वाधार कार्यालय प्युठानको यस वर्षको कार्यक्रममा डिपिआर गर्ने र अर्को आर्थिक वर्षमा कार्य प्रारम्भ गर्न बजेट ब्यवस्थाको लागि पहल थालिने अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिए ।
सर्भेमा वडा नम्बर ५ र ७ का वडा अध्यक्षहरु दधिराम पोख्रेल, कृष्ण बहादुर जि.सी. र स्थानीयको उपस्थिति रहेको थियो ।लुम्बिनी प्रदेस सांसद निमा गिरिकाे विशेष पहलमा सडक पुर्बधार कार्यलयले
डिपिआरको काम शुरु भएपछि स्थानीय हौसिएका छन् ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।