ब्यबसायमा कलछपड गर्नेलाई कारबाही गरिने,उद्योग

ब्यबसायमा कलछपड गर्नेलाई कारबाही गरिने,उद्योग अधिकृत भन्डारी
बिमल प्रसाद पाेख्रेल
चैत्र ६ प्युठान
प्युठान। प्युठान झिमरुक गाउपालिकाकाे मुख्य बजार क्षेत्र झिमरुक गाउपालिका ५ मच्छि बजारलाई लक्ष्यित गरि साेमबार बजार अनुगमन गरिएकाे छ।
अनुगमनका क्रममा उपभोक्ताहरुकाे हकहितलाई लक्ष्यित गरि खाद्यान्न ,तरकारी ,फलफुल,जंकफुड,र ब्यापारिहरुका बिलबिजक तथा ब्यबसायिक दर्ता नबिकरण,संबधित ब्यबसाय संबधि कार्य गरेनगरेकाे बिषयमा छानबिन गरिएकाे थियाे।
जिल्ला प्रशासन कार्यलय प्युठानकाे नेतृत्व तथा घरेलु तथा साना उधाेग कार्यलय प्युठानकाे आयाेनामा गरिएकाे अनुगमनमा घरेलु तथा साना उधाेग कार्यलय प्युठानका उधाेग अधिकृत सराेज भन्डारी,जिल्ला प्रशासन कार्यलय प्युठानकाका प्रशासकिय अधिकृत राम प्रसाद घिमिरे,करदाता कार्यलय जस्पुरका नासु हेतुराम पुन,उधाेग बाणिज्य संघका कार्यलय प्रमुख प्रकाश खनाल,झिमरुक गाउपालिका कृर्षि साखा प्रमुख टेकबहादुर बि क,घरेलु तथा साना उधाेग कार्यलयका कम्प्युटर अपरेटर चम्पक श्रेष्ठ,ईलाका प्रहरी कार्यलय ओखरकाेट मच्छिका प्रमुख गंगाधर के सि,नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानका प्रतिनिधिहरुकाे उपस्थित रहेकाे थियाे।
मच्छि बजारमा रहेका कतिपय हाेटलहरुमा बिलबिजकहरु नमिलेकाे, किचन र स्टाेर एकैठाउ भएकाे ,म्याद नाघेको काेल्ड डिङ्कहरु भेटिएकाे, सरसफाइ सजावट तथा मूल्य शुचि उल्लेख नगरीएका र विभिन्न कम्पनीका म्याद सकिएका ग्यास सिलिन्डरहरु प्रयाेग भएकाेले पन्ध्र दिनकाेलागि सुधार तथा ब्यबस्थापनका लागि प्रथमपटक सल्लाह सुझाब दिएकाे घरेलु तथा साना उधाेग कार्यलय प्युठानका प्रमुख उधाेग अधिकृत सराेज भन्डारिले बताए । ब्यबसाय दर्ता प्रक्रिया भन्दा फरक व्यापार गर्ने,म्याद नाघेका सामाग्री बेचबिखन गर्ने समयमा दर्ता नबिकरण नगर्ने ,राजश्व नियमित नबुझाउने मुल्यसुचि नराखि कलछपड गर्ने ब्यवसायिलाई तत्काल कारबाहि गरिने भन्डारीले बताए।
फलफुल, तरकारी ,खाद्यान्न र किराना पसलहरुमा सरसफाइ नभएकाे,मुल्यसुचि उल्लेख नगरिएकाे सडेगलेका फलफुल तथा तरकारी एकै ठाउमा राखिएकाे,म्याद नाघेका जंकफुड,काेल्डडिङ्क,दालचामल ,मिठाईका परिकारहरु बेचबिखन गरेकाे भेटिएमा उपभोक्ता संरक्षण ऐन अनुसार कारर्बाहि गरिने जिल्ला प्रशाशन कार्यलय प्युठानका प्रशासकिय अधिकृत राम प्रसाद घिमिरेले बताउनु भयाे।
दर्ता नगरि संचालन गरिएका ब्यबसाय,तथा दर्ता गरेपनि बिलबिजकलाई नमिलाई कालाेबजारि गर्ने,उधाेगहरुले लेबल नराख्ने ,दर्ता प्रक्रियामा उल्लेख्य गरेभन्दा फरक ब्यबसाय गर्ने,राजश्व छलि गर्ने,ईजाजत बिना मदिरा बेचबिखन गर्ने,ईजाजत बिना मेडिकल तथा क्लिनिक फार्मेसी सन्चालन गर्ने ब्यवसायिहरु भेटिएमा तत्काल कानुनबमाेजिम कारर्बाहि गरिने सचेतना अनुगमनको क्रममा ब्यावसायिहरुलाई गरिएकाे थियाे।अनुगमनका शिलशिलामा दुई हजार रकम बराबरकाे म्याद नाघेका भुजा र काेल्डडिङ्क बरामद गरि नष्ट गरिएकाे छ।
मच्छिबजारका हाेटल,किराना पसल,फाेटाे स्टुडियाे,फार्मेसि,माेटरसाईकल वर्कसप,फलफुल तथा तरकारी पसल,खाधन्न पसल,,फेन्सि पसल,सुनचादि पसल,साना उधाेग,तथा हार्डवयर पसल र भाडावर्तन लगाएतका गरि ३३ पसलहरुमा अनुगमन गरिएकाे थियाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।