किक्रेट खेलाडी प्रतिसलाई प्युठानमा सम्मान गर्न आत्तुर

किक्रेट खेलाडी प्रतिसलाई प्युठानमा सम्मान गर्न आत्तुर
बिमल प्रसाद पाेख्रेल
चैत्र ८ प्युठान
प्युठान । झिमरुक-३, लामासेरा प्युठानका क्रीकेट खेलाडी प्रतिस जिसि नेपालको राष्ट्रिय टिममा समावेश भएर हालै युएई र नेपालमा संचालन भएका खेलहरुमा देशको तर्फवाट खेल्दै उत्कृष्ट प्रदर्शन गर्नुका साथै देश र जिल्लाको नाम चम्काउन योगदान दिए बापत जिल्ला समन्वय समिती प्युठानको संयोजनमा जिल्ला खेलकुद विकास समिति र अन्य पालिकाहरुले यहि चैत्र १० गते प्युठान जिल्ला खेलकुद बिकास समितिकाे कार्यलयमा र झिमरुक गाउँपालिकाले यहि चैत्र ९ गते १० बजे पालिका कार्यालयमा सम्मान गर्ने भएको छ ।
झिमरुक गाउपालिका उपाध्यक्ष प्रमाेद पाेख्रेलले ब्यक्तिगत रुपमा प्रतिसकाे हाैसला बढाउने उदेश्यले पचास हजार नगद सहित सम्मान गर्ने बताएका छन। झिमरुक गाउपालिका तिनमा जन्मेर प्रतिसले क्रकेटमा प्युठानलाई विश्व सामु चिनाउन सफल भएका छन।
त्यसैगरी झिमरुक गाउँपालिका वडा न.३ , गौमुखी सेकेण्डरी इङ्गलिस स्कुल मच्छी लगाएत जिल्ला स्थित विभिन्न संघसंस्था कार्यलय एबम उच्चस्तरीय ब्याक्तित्व खेलाडी खेलप्रेमिहरुले पनि सम्मान गर्न आत्तुर भएका छन।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।