प्युठानका भलिबल खेलाडिलाई साउदिका राजदुत तथा पुर्ब सांसद सुबेदिकाे सहयाेग।

प्युठानका भलिबल खेलाडिलाई साउदिका राजदुत तथा पुर्ब सांसद सुबेदिकाे सहयाेग।

प्युठान जिल्लाबाट भलिबल खेलमा सहभागी जनाउन रुकुम जाने खेलाडीहरुलाई साउदि लागि नेपालका राजदुत तथा पुर्ब सांसद नबराज सुबेदिले खेलाडी लाई यातयात खर्च स्वरुप १५००० सहयाेग गर्नु भएकाे छ।
रुकुम कप २०८० साबिक मध्यपश्चिम अन्चलका जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता यहि बैशाख १८ गतेदेखि २४ गतेसम्म रुकुमकाे मुसिकाेट नगरपालिका एकबराहटाकुरामा सन्चालन हुदैछ। खेलकुद प्रति निकै चासाे दिने राजदुत सुबेदिले खेलाडीहरुकाे खेल प्रतिकाे रुचि र जिल्लाकाे गरिमा बढाउन खेलमा सहभागी जनाउन अनुराेध गर्दै आगमि दिनमा थप सहयाेग गर्न संबंधित निकायहरु संग सहकार्य गर्न पहल गर्ने बताउनु भएकाे छ।
त्यस्तै सहयाेग गर्नेहरुमा प्युठान रुपन्देही सम्पर्क समिती को उपाध्यक्ष जगत बहादुर जि सिले २२०० ,कृष्ण क एम ले २००० बिष्णु थापाले ५०० र नेपाल प्रहरिमा कार्यरत रबि चन्द्रले २००० सहयाेग गर्नु भएकाे छ।
भलिवल खेलमा प्रथम हुनेले पाचलाख र दाेस्राे हुनेले दुई लाख पचासहजार पुरस्कार पाउनेछन भने सेमिफाइनलमा प्रबेश गर्ने टिमले एक एक लाख पाउने आयाेजक संस्था रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जानकारी दिएकाे छ।
जिल्ला खेलकुद बिकमस समिति प्युठानआर्थिक रुपमा ऋृणि भएकाे हुदा खेलाडी पठाउन नसक्ने अबस्था सृजना भएकाे जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष हुमलाल नेपालीले बताउनु भएकाे छ।

खेलाडी जिल्ला भलिबल संघकाे नेतृत्वमा जाने भलिबल संघ प्युठानका अध्यक्ष बलबहादुर के शि ले बताउनु भयाे जाने भाडा त जुट्याे खाने बसाल्ने र फर्कने मा सहयाेगकाे अपेक्षा गरेका छाै।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।