राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा स्वर्गद्वारीमा वृक्षारोपण
राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा प्युठानको स्वर्गद्वारी मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ । विहिवार एक कार्यक्रमका विच “सन्ततिका लागि सोचौँ , समृद्धि र हरियालिका लागी रुख रोपौँ ” भन्ने मुल नाराका साथ लुम्विनी प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिविजन वन कार्यालय प्युठानको समन्वयमा स्वर्गद्वारी आश्रम वरिपरिको वन क्षेत्र तथा सिढिको विच क्षेत्रमा वृक्षारोपण गरेर राष्ट्रिय वृक्षारोपण दिवश समारोह सम्पन्न भएको तथा यस बर्ष २०८० सालको वृक्षारोपण कार्यक्रमको सुरुवात गरिएको जिल्ला वन डिविजन कार्यालय प्युठानका रेन्जर हरि पौडेलले जानकारी दिनुभयो । उक्त कार्यक्रममा सुगन्ध कोपिला , धुपि , कपुर र लाकुरी लगायतका २७० वटा विरुवाहरु रोपिएको पनि उहाँले बताउनु भयो ।
साथै यस बर्षको वृक्षारोपण कार्यक्रम प्रराम्भ संगै डिविजन वन कार्यालय प्युठान अन्तर्गतका वाङ्गेशाल नर्सरी , विजुवार नर्सरी , भिंगृ नर्सरी र बरौला नर्सरीमा विभिन्न जातका कुल २ लाख ५० हजार विरुवाका वेर्ना निशुल्क वितरण गरिएको र सबैले वृक्षारोपण गरि एक घर २ विरुवा रोपणको अभियानलाई सफल पार्न समेत डिविजन वन कार्यालय प्युठानले आग्रह गरेको पौडेलले बताउनु भयो ।
वन तथा वातावरण मन्त्रालयका सचिव बुद्ध बहादुर घिमिरेको अध्यक्षतामा सम्पन्न भएको वृक्षारोपण कार्यक्रममा लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यता , लुम्विनी प्रदेश सभा सांसद जोख बहादुर महरा , निमा गिरी , धनलक्ष्मी श्रेष्ठको विशेष आतिथ्यता तथा स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारी , नगर उप प्रमुख मिनराज रानामगर , विभिन्न कार्यालयका कार्यालय प्रमुख,विभिन्न संघ संस्था तथा स्थानिय तहका पधादिकारीहरु तथा लुम्वनी प्रदेश मुख्यमन्त्री कार्यालयका निमित्त प्रमुख सचिव लगाएतको उपस्थिति रहेको थियो ।