ओछ्यानमै पुगेर अपङ्गता परिचयपत्र

ओछ्यानमै पुगेर अपङ्गता परिचयपत्र
प्युठानकाे झिमरुक गाउपालिकाले अपाङ्गता भएका ब्यक्तिलाई ओछ्यानमै पुगेर अपङ्गता परिचयपत्र दिने कार्यकाे शुरुवात गरेकाे छ।शुक्रबार गाउपालिका उपाध्यक्ष प्रमाेद पाेख्रेलले झिमरुक गाउपालिका पाच निबासि शारीरिक अशक्त भएका ठाकुरसिंङ जिसिकाे घरमै पुगेर अपङ्गता परिचयपत्र हस्तान्तरण गर्नु भएकाे हाे।शरिरिक रुपमा अशक्त जिसिले ओछ्यानमै सेबा पाउँदा खुसिले गदगद भएका थिए।

,त्यतै झिमरुक गाउपालिका चार निबासि कान नुसुन्ने बहिरा गुमाखर खनाललाई घरमै पुगेर अपङ्गता परिचयपत्र पाउँदा उहाका आफन्तजनले गाउपालिका उपाध्यक्ष प्रमाेद पाेख्रेल,प्रमुख प्रशासकिय अधिकृत हरि पाेख्रेल शाखा प्रमुख यमलाल पाेख्रेल संगै स्थानीय सरकारलाई धन्यवाद दिएका छन।

अपांग ,अशक्त तथा जेष्ठ नागरिक परिचय पत्र बनाउनकै लागि गाडि भाडा स्याहारसुसार गर्ने आफन्त पालिकामा आउदा दुख नहाेस आर्थिक भार नपराेस भनी स्थानिय सरकाले घरमै पुगेर सेबा दिएकाे पाेख्रेलले बताउनु भयाे,।झिमरुक गाउपालिकामा बिभिनन्न बर्गका महिला पुरुष गरि ३९० जनाले अपङ्गता परिचयपत्र पाएका छन।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।