अशक्त नागरिकलाई घरघरमै राष्ट्रिय परिचयपत्र

अशक्त नागरिकलाई घरघरमै राष्ट्रिय परिचयपत्र
जिल्ला प्रशासन स्थानिय पालिकामा अहिले राष्ट्रिय परिचयपत्र विवरण संकलन तथा प्रविष्टि गर्ने कार्य भैरहेको छ । तर प्युठानकाे झिमरुक गाउपालिका वडा नमवर दुईले विविध कारणले छुटेका वार्ड कार्यालय सम्म आउन नसक्ने जेष्ठ नागरिक अशक्त /अपांगहरुलाइ घरमै पुगि राष्ट्रिय परिचयपत्र बनाइदिएकाेछ।

झिमरुक गाउपालिका दुईका आत्मराम जैसि,भक्तबहादुर खड्का ,तुल्सि कुमारी खड्का ,देउका कुमारी जैसि,अस्मिता खनाल,भेषकुमारी खड्का क्षेत्रि,तेज बहादुर खड्का,जुठि सार्की ,चुराबहादुर खड्का,देबि बहादुर खड्का,भाेजबहादुर महत क्षेत्रि गरि एघारजना जेष्ठ नागरिक तथा अपङ्गता भएका वडा बासिहरुलाई शुक्रबार वडा अध्यक्षकै नेतृत्वमा घरदैलाेमै पुगेर राष्ट्रिय परिचयपत्र दिएकाे हाे ।अपांग ,अशक्त तथा जेष्ठ नागरिक परिचय पत्र बनाउनकै लागि गाडि भाडा स्याहारसुसार गर्ने आफन्त वडामा आउदा अशक्त ,अपांग ,जेष्ठ नागरिकलाई दुख नहाेस आर्थिक भार नपराेस भनी स्थानिय सरकार वडापालिकाले घरमै पुगेर परिचयपत्र बितरण गरिएकाे पाेख्रेलले बताउनु भयाे,।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।