भुकम्प पिडितलाई प्युठान नगरपालिका काे सहयाेग
प्युठान नगरपालिकाले भूकम्प पीडितका लागि ५ लाख उपलब्ध गराउने
प्युठान । प्युठानको प्युठान नगरपालिकाले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प पीडितको राहत उद्धारका लागि ५ लाख रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
सोमबार बसेको कार्यपालिका बैठकले शुक्रबार राति जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पबाट पीडितहरुको उद्धार,राहत र पुर्नस्थापनाको लागि ५ लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो । नगर प्रवक्ता सुमन राज श्रेष्ठका अनुसार आवश्यक प्रकृया पु¥याएर राहत रकम भुकम्प पीडितलाई उपलब्ध गराइने बताए ।
पालिकाले भूकम्प पीडितहरुको राहत,उद्धारका लागि प्युठान नगरपालिकाका कार्यपालिका सदस्यहरुले १५ दिनको आफ्नो सेवा रकम उपलब्ध गराउने समेत निर्णय भएको प्युठान नगरपालिकाका नगर प्रवक्ता सुमन राज श्रेष्ठले जानकारी दिए । त्यस्तै प्युठान नगरपालिका- ३ बिजयनगरका सन्तोष कुमाल रोजगारीको शिलसिलामा साउदी अरबमा मृत्यु भएकोले मृतकका परिवारलाई रु ४० हजार सहयोग दिने निर्णय भएको श्रेष्ठको भनाइ छ ।
नेपाल विद्यार्थी संघले नगरपालिकाको शिक्षा शाखामा लगाएको तालाबन्दीको बिषयमा वार्ता सम्बाद र प्रतिबेदन समिती बनाएको छ । उनले भने, यो बिषयमा बार्ता र सम्बाद गरेर छिट्टै हल गरिने बताए । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति भएको छ भने सयौँ घाइते भएका छन् ।