माडि नदिमा अचेत अबस्थामा फेला परेकाे युवककाे मृत्यु

पाैष २२ प्युठान

प्युठान माडि नदिमा अन्दाजि अचेत २४/२५ बर्षिय पुरुषलाईअचेत अबस्थामा फेला पारी उपचारकाे लागि जिल्ला अस्पताल प्युठानमा लगिएकाे थियाे जिल्ला अस्पताल प्युठानले चेकचाज गर्दा उक्त ब्याक्ति मृत्यु भएकाे घाेषणा गरेकाे छ। ईलाका प्रहरी कार्यलय बिजुवारका प्र नि चन्द्रकान्त अधिकारीले संघर्ष मिडियालाई जानकारी दिनु भयाे।
अधिकारीका भनाई अनुसार साझ ७:१५ बजेकाे समयमा प्युठान नगर पालिका एक फुलघाट स्थित झलुङ्गे पुल मुनि मान्छे बगाएकाे छ भनी स्थानिय बासिन्दाले टेलिफाेन मार्फत खबर गर्दा ईलाका प्रहरी कार्यलय बिजुवार बाट प्रहरी निरिक्षक चन्द्रकान्त अधिकारीकाे नेतृत्वमा टाेलि घटना स्थलमा पुगि उद्वार गरेकाे ईलका प्रहरी कार्यलय बिजुवारले बताएकाे छ।मृत्यु हुने युवाकाे अहिलेसम्म परिचय नखुलेकाे ईलका प्रहरी कार्यलय बिजुवारले बताएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।