धरमपानी स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना


प्युठान मल्लरानी गाउँपालिका-३ स्थित धरमपानी स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना भएको छ । प्रयोगशालाको प्रतिनिधि सभा सदस्य सुर्य थापाले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि थापाले प्रयोगशाला स्थापनाका लागी स्थानीय लेखनाथ पौडेलको परिवारले प्रयोगशाला सामाग्री खरिद गरि सहयोग गरेकोमा खुशी व्यक्त गर्नुभयो । करीब ७ लाख रुपियाँ पर्ने सामाग्री खरीद गरेर समाजमा उल्लेखनीय योगदान गरेकोमा पौडेल परिवारको प्रशन्सा गर्नुभयो ।

प्रमुख अतिथि थापाले पुर्वी प्युठानको चुजाठाटी बजारमा बैंक स्थापना गर्न पहल भैरहेको बताउनुभयो । उहाँले छिट्टै बैंक स्थापना हुने तयारी भईरहेको जानकारी गराउनुभयो । जिल्लाको बिकासका लागि दल भन्दा माथी उठेर सहकार्य गर्न आफु तयार रहेको बताउनुभयो ।

बिशेश अतिथि मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले धरमपानी स्वास्थ्य चौकीमा ल्याबको कर्मचारी ब्यबस्थापन गर्न सहयोग गर्ने बताउनुभयो । उहाँले पालिकाको क्षमता अनुसार स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर लगानी गर्दै आएको बताउनुभयो । उहाँले जनतालाई सहज रुपमा स्वास्थ्य सेवा दिने निती निर्माणका लागी पहल गर्न प्रतिनिधि सभा सदस्य थापालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, प्युठान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट, पुर्व जिबिस सभपति बोम बहादुर खत्रीले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा बिभिन्न ब्यक्तित्वलाई सम्मान गरिएको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।