बिजुवार देखि झारिबाङसम्म म्याजिक सेवा सुचारु
निर्मला मगर
माघ ,४ प्युठान
प्यूठानको स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रालिको अर्को चमत्कारी सेवा बिस्तार,बिजुवार देखि प्युठान नगरपालिका दुई झारिबाङ सम्म म्याजिक सञ्चालन गर्दा स्थानीयहरु खुसीले गदगद भएका छन।
प्युठानको स्वर्गद्धारी गौमुखी सेवा प्रालिले आज मिती २०८०/१०/४ गते बिजुवार देखि झारिवाङसम्म म्याजिक सेवा सञ्चालन गरेको छ । उक्त म्याजिक सञ्चालन विजुवार देखि विहान ८ बजे छुट्नेछ चितिखाेला हुँदै झारिवाङ ८:४५ मा पुगेपछिबिहान ९ बजे फर्कनेछ।बिहान ११ बजेबिजुवार बाट छुट्ने म्याजिक झारिवाङबाट १२ बजे फर्कने छ त्यसै गरि दिउसाे ४ बजे बिजुवारबाट छुटेकाे म्याजिक झारिवाङबाट ४ः४५ मा फर्कने छ।
बिजुवारबाट चितिखोला सम्म रु २५रुपैया, बिजुवारबाट जानकी स्कुल चिसापानी सम्म रु ५० रुपैया,विजुवारबाट अड्डापाटा रु ६० रुपैया,बिजुवार बाट जनता टोल सम्म रु ७५ रुपैया र बिजुवारबाट झारिवाङ सम्म रु ८५ रुपैया भाडा दर कायम गरिएको स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रालीका लेखापाल दिपेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।
स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रालीले साना ठुला जीप,बस, म्याजिक गाडीहरु सञ्चालन गर्दै आइरहेको छ।
आज बिजुवार देखि चितिखोला,चिसापानी, हुदै झारिवाङमा म्याजिक गाडी सञ्चालनमा ल्याएको छ ।
झारिवाङका स्थानीयबासीहरु बिजुवार आउदा बसलाई कुरेर बस्नु पर्ने , छोराछोरी स्कुल पढाउनका लागि आमाहरु बजारमा कोठा भाडा गरेर बस्न पर्दा विभिन्न समस्याहरु झेल्नु पर्ने समस्या समधान हुदा स्थानीय खुसिले गदगद भएका छन।अब गाउँमै म्याजिक गाडी पुगेपछि बच्चाबच्चीहरु पढ्नका लागि घण्टौको बाटो हिडेर स्कुल आउजाउ गर्न सहज हुने बच्चाहरु पढाईको लागि कोठा लिएर बस्न नपर्ने , गाउँमा उत्पादन भएका तरकारी,फलफुल बजार सम्म ल्याएर विक्रि गर्न सजिलो हुने जसले गर्दा आर्थिक बचतका साथै समयको पनि बचत पनि हुने भएको भन्दै त्यहाका स्थानीय बासीहरु खुसीले गदगद भएका छन् ।
त्यस्तै स्वर्गद्धारी यातायात सेवा प्रालिले प्युठान देखि दिल्ली सम्मका लागि दैनिकी एसी बस सञ्चालन गर्नका लागि माननीय यातायात मन्त्री सरोज थापाले केहि दिन यता उद्धघाटन् गर्नु भएकाे थियाे।आजभोली दिल्लीका लागि प्युठानबाट दैनिक बस सेवा सञ्चालन भईरहेको प्रालिका प्रबन्धक चन्द्रमान श्रेष्ठले बताउनु भयो ।