जिर्ण मन्दिर पुन निर्माणका लागि स्थानीयकाे माग

प्युठानकाे बिजुवारमा रहेका ऐतिहासिक भिमसेन मन्दिर र नारायण मन्दिर जिर्ण हुदा पुन निर्माणका लागि स्थानीयहरु जुटेका छन।


प्युठान नगरपालिकाका संस्थापक नगरप्रमुख अर्जुनकुमार कक्षपति,प्युठान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद भन्डारी लगाएतकाे उपस्थितिमा ऐतिहासिक मन्दिरकाे संरक्षण तथा पुन निर्माणका लागि स्थानियहरुले छलफल प्रश्चात समिति गठन गरेका छन।


महेशकुमार कक्षपतिकाे अध्यक्षतामा ११ सदस्य नारायण मन्दिर र भिमसेन मन्दिर जिर्णेदार तथा पुन निर्माण का लागि उपभोक्ता समिति गठन गरिएकाे छ।
बिजुवारमा रहेका दुई ऐतिहासिक महत्त्व भएका मन्दिर झन्डै तीन सय बर्ष पुराना भएकाले पुन निर्माणका लागि आबश्यक बजेट माग गर्न प्युठान नगरपालिका ,पुरातत्व बिभाग काठमाडौं , संघिय तथा प्रादेशिक प्रयटन मन्त्रालयमा बजेट माग गर्न जाने समितिले निर्णय गरेकाे छ।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।