खानापकाउने ग्यास चुहावट हुदा पक्कि घरमा आगलागी

निर्मला मगर

चैत १६ प्युठान

प्युठानकाे प्युठान नगरपालिका चार जुम्रिमा रहेकाे  कृष्ण बिस्टकाे एक तले पक्कि घरमा आगलागी भएकाे छ।
दिउसाेकाे समयमा आगलागी हुदा मानवीय क्षति नभएकाे र धनमाल जलेर नष्ट भएकाे प्युठान नगरपालिकाका नगर प्रवक्ता शुमन राज श्रेष्ठले बताउनु भयाे।आगाे नेपाल प्रहरी र स्थानीय जनताहरुकाे सहभागीतामा नियन्त्रणमा लिएकाे प्रबक्ताले बताउनु भयाे।
खाना पकाउने एल पि ग्यास चुहावट  भएर आगलागी भएकाे हुनसक्ने ईलाका प्रहरी कार्यलय बिजुवारले बताएको छ।
घर भाडामा बस्ने पुनम थारु लक्ष्मण थारुकाे नगद पैसा गरगहना ल्यापटप माेबाईल लत्ताकपडा रासन जलेर पुर्ण रुपमा क्षति भएकाे छ। आगलागिबाट के कति नाेक्सानि भयाे भन्ने बारे पुर्ण बिवरण आउन बाकि रहेकाे प्रहरीले बताएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।