दिर्घरोगबाट बच्न गृहिणिलाई भान्सा सुधार कार्यक्रम

 

गृहिणिहरुका लागि भान्सा सुधार कार्यक्रम शनिबार  जिल्ला समन्वय समितिको सभाहल प्युठानमा सम्पन्न भएको छ । स्वस्थ खाना जीवनशैली, अर्गानिक खानामा ध्यान दिन र आफ्ना बालबच्चालाई पनि बजारमा पाइने जङ्गफुडहरु खान हुदैन भन्ने ज्ञान घरबाटै सिकाउनका लागि गृहिणिहरुलाई आयुवेर्द स्वास्थ्य केन्द्र प्युठानको आयोजनामा  खलंगामा  भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि आयुवेर्द केन्द्रका संरक्षक तथा समन्वय समिति प्युठानका प्रमुख धरम बहादुरले स्वस्थकर खानपिनमा सुधार ग¥यौं भने विभिन्न रोगबाट बच्न सकिने बताउदै कार्यक्रमको उद्धाटन गर्नुभएको थियो ।
जिल्ला आयुवेर्द केन्द्रका डाक्टर तारा पोखे्रलले भान्सामा प्रयोग गरिने जडिबुटीहरु अमला, कुरीलो, धनिया, बेसार, गुर्जो, बोझो, अदुवा, लसुन,लगाएतका जडिबुटी भान्सामा प्रयोग गरिने विधि शरिरमा गर्ने फाईदा तथा रोगप्रतिरोधात्मक क्षमताका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा जिल्ला आयुवेर्द स्वास्थ्य केन्द्रका कविराज निरिक्षक टुक बहादुर रोकाले मानव शरिरमा उत्पति हुने रोगहरु मध्ये वातावरणका कारण २० प्रतिशत, जीवनशैलीका कारण ५० प्रतिशत, आनुवाशिंकका कारण २० प्रतिशत, स्वास्थ्य प्रणालीका कारण १० प्रतिशत रोग लाग्ने र अल्पायुमै मृत्युको जोखिम बढाउने तत्वहरु मोटोपना, अधिक धुम्रपान सेवन, शारीरिक निस्क्रियता, अधिक मध्यपान, धुम्रपान, चिनि, प्रशोधित मास, वातावरण प्रदुषण, रातो मासु र अधिक सोदियमका कारण मानिसलाई दिर्घ रोगी हुने बारे बताउनु भएको थियो ।
साथै रोकाले स्वस्थकर खानपिन र अस्वस्थर खानपिनको बिषयमा सहभागिताहरुलाई जानकारी दिदै शारीरिक परिश्रम गर्ने तरिका समय, खाना उब्जाउने, खाना पकाउने, खानेतरिका, खाना थोरै खाने मेहनत धेरै गर्ने तरिका र निरोगी बन्न खानामा चिल्लो, गुलियो, नुनिलो र मैदाबाट बनेका खानेकुरा घटाउने उसुनेको खानेकुरा बढी प्रयोग गर्ने संबधी बिषयमा  प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय प्युठानका स्वास्थय निरिक्षक राजकुमार खड्काले पोषण संबधी जानकारी गराउदै बालबालिकाहरु खेलकुदमा बढी क्रियाशिल हुने भएकोले छिटो छिटो खाना खोज्ने र खाना पचाउन सक्न हुदा पोषणयुक्त खाना खुवाउने विधिबारे सहभागीलाई जानकारी गराउनु भएको थियो । कुपोषण, ख्याउटेपन, कम तौल हुनु, रक्त अल्पता हुनुका कारणहरु पोषणको मात्रा कम भएर भएको खड्काले बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष तथा जिल्ला आयुवेर्द स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख शिसिर पोख्रेलले कसरी स्वस्थकर जीविनशैली मजबुत पार्ने गलत खानपिनबाट कसरी बच्ने, गृहिणिहरुले भान्सामा खाना धेरै पकाउने हुदा कस्तो प्रकारको खाना पकाउने हरेक बार खाना चारको नियम र भान्सामा जडिबुटि कसरी प्रयोग गर्ने भन्ने विषयमा प्युठानका पाचँ वटा पालिकामा कार्यक्रम गरिसकेको र बाकि पालिकाहरुमा कार्यक्रमलाई निरन्तरता दिने बताउनु भएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।