प्रहरीका लागि तनाब रहित जीवन जिउन मनाेपरामर्श तालिम सम्पन्न

संघर्ष मिडिया ब्युराे
८ असार २ ०८१ प्युठा
नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना र जिल्ला प्रहरी कार्यालय प्युठानको समन्वयमा आज प्रहरी कर्मचारीहरुका पिर मर्का र गुनासा सुनी समाधान गर्ने कार्यक्रम जिल्ला प्रहरी कार्यलय प्युठानमा सम्पन्न भएकाे छ।
कार्यरत प्रहरीका व्यक्तिगत पारिवारिक समस्या पहिचान गरी तनावमा रहेका प्रहरी कर्मचारीहरुको तनावको कारण पत्ता लगाई तनाव व्यवस्थापन गर्ने उदेश्यले “परिवार योजना सम्बन्धी परामर्श कार्यक्रम” संचालन गरिएको हाे


, उक्त कार्यक्रममा विवाह भई समयमै सन्तान नभई समस्यामा रहेका १२ जना प्रहरी कर्मचारी तथा परिवारहरुलाई डा. प्रदिप कुमार श्रीवास्तवले चिकित्सा विज्ञानको दृष्टिकोणबाट सन्तान उत्पादन सम्बन्धमा, मनोविमर्शकर्ता शान्ति पण्डितले समयमै सन्तान नभएका कारण सिर्जना हुन सक्ने मनोसामाजिक समस्याको पहिचान र जि.प्र.का. प्युठानका प्रमुख प्र.ना.उ. इश्‍वर थापाले कर्मचारीको उत्प्रेरणा वृद्धि र परिवार व्यवस्थापनका लागि कर्मचारीको विदा र सहयोगका बारेमा परामर्श प्रदान गर्नुभएको थियाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।