राेज राणा सहित काङ्ग्रेस बाट लुम्बिनीमा पाच जना मन्त्री बन्दै।
संघर्ष मिडिया
लुम्बिनीमा कांग्रेसका सराेज थापा (राेज राणा),जन्मजय तिमिल्सिना, धनेन्द्र कार्की, प्रचण्डविक्रम न्यौपाने र बादशाह कुर्मी मन्त्री बन्दै।
लुम्बिनीमा नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको पनि टुंगो लागेको छ । कांग्रेसबाट ५ जना मन्त्री बन्दै छन् ।
बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा(राेज राणा) दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी मन्त्री बन्ने भएका हुन् । कांग्रेसबाट मन्त्री बन्न लागेका प्यूठानका थापाबाहेक सबै नयाँ अनुहार हुन् । थापा यसअघि उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका थिए । मन्त्री बन्नेहरु तिमिल्सिना बर्दिया निर्वाचन क्षेत्र २ (१), कार्की गुल्मी १ (२), थापा प्यूठान १ (२) न्यौपान दाङ २ (२) कुर्मी बाँके ३ (२) बाट निर्वाचित हुन् ।
मुख्ममन्त्रीसहित मन्त्रीहरुको बुधबार बिहान साढे ८ बजेट बुटवलस्थित प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा शपथग्रहण कार्यक्रम राखिएको छ ।