त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित

 

काठमाडौं : भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ। अबिरल बर्षा र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान र अवतरणमा समस्या भएको विमानस्थलले जनाएको छ।

null

मंगलबार बिहान खराब मौसमकै कारण केही जहाज आकाशमा नै होल्ड र केही डाइभर्ट भएको विमानस्थलले जनाएको छ। अहिले त्रिभुवन विमानस्थलको भिजिबिलिटी एक हजार भन्दा कम रहेकाले अवतरण हुन समस्या आएको हो।

यो समाचार तयार पार्दासम्म काठमाडौंबाट टुर्किस्तान एयर डाइभर्ट भएर लखनउ अवतरण गरेको छ। त्यसैगरी एयर इन्डिया, डर्क एयर, दोहा र दुबईबाट आएको हिमालय एयरलाइन्स आकाशमा होल्ड भएका छन्।

nullnull

अन्नपूर्ण पोष्टबाट साभारsharethis sharing button
सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।