पाैष ५ देखि १७ गतेसम्म प्यूठान टिकुरीमा महाेत्सव लाग्ने

प्यूठानमा प्रथम भित्रिकोट प्यूठान महोत्सब सञ्चालन हुने भएको छ । आइतबार प्यूठान उद्योग बाणिज्य संघ प्यूठान बजार इलाकाले पत्रकार भेटघाट कार्यक्रमको आयोजनामा महोत्सब सञ्चाल गर्न लागेको जनाएको छ ।
महोत्सब आगामी पौष ५ गतेदेखि १७ गतेसम्म प्यूठान नगरपालिका ७ टिकुरी बसपार्क नजिकै गर्न लागेको हो । महोत्सबमा कृषि उपजलाई निःशुल्क स्टिल उपलब्ध गराएको प्यूठान उद्योग बाणिज्य संघ प्यूठान बजार इलाका प्यूठानका अध्यक्ष प्यार अली खानले जानकारी दिए । महोत्सबबाट आम्दानीबाट नगर इलाकाको सचिवालय भवन निर्माण गर्ने उद्धेश्य रहेको छ ।
१३ दिनसम्म चल्ने महोत्सबमा करिब ८० हजारदेखि १ लाखले महोत्सब अबलोकन गर्ने तथा २ करोड रुपैयाको करोवार हुने अध्यक्ष खानको भनाई छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।