फोनिजको २५औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम संम्पन्न

निर्मला मगर

श्रावण २७ गते
प्युठान। नेपाल आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा प्युठानले २५ औं स्थापना दिवस तथा रजत वर्षको अवसरमा एक कार्यक्रमका बीच रक्तसंचार सेवा केन्द्र विजुवार प्युठानमा  रक्तदान कार्यक्रम  सम्पन्न गरेको छ।

दिवसको अवसरमा दलित पत्रकार महासंघ प्युठानका अध्यक्ष कमल बि.क., रेडियो  झुलेनी पोष्टका संचालक विवश जि.एम. स्पेस फोर के का संवाददाता मधुसुधन पोख्रेल र   बिक्रम मगरले रक्तदान गर्नुभएको हो ।

नेपाल आदीवासी जनजाती पत्रकार महासंघ जिल्ला शाखा प्युठानका अध्यक्ष सुजल श्रेष्ठले रक्तदान भनेको जीवनदान हो, मानिसलाई रक्तदान गर्न प्रेरित गर्न र कसैको सानो सहयोगले मानिसलाई जोखिमबाट बचाओस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।