एमाले वडा अध्यक्ष उमेदवार सहित ४०जना कांग्रेसमा प्रवेश

एमाले वडा अध्यक्ष उमेदवार सहित ४०जना कांग्रेसमा प्रवेश


दाङ । प्युठानमा नेकपा एमाले पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस पार्टी मा प्रबेशकाे जनलहर छाएकाे छ । आज नेपाली काङ्ग्रेस प्युठान जिल्ला क्षेत्र नम्बर ख का क्षेत्रिय सभापति तथा लुम्बिनी प्रदेश सरकारका शहरी बिकास तथा खानेपानी मन्त्री राेज राणाकाे अध्यक्षतामा आयाेजित पार्टी प्रबेश कार्यक्रममा ४० जना नेकपा एमालेका नेता तथा कार्यकर्ताले एमाले परित्याग गरी काङ्ग्रेस सम्पन्न गर्नु भएकाे छ।
प्रबेश गर्नेहरुमा नेकपा एमाले प्युठान जिल्ला कमिटी सदस्य निम बहादुर घर्तिमगर, निर्माण उधाेग परिषदका लुम्बिनी प्रदेश उपमहासचिव दिपेन्द्र के शि , प्युठान नगरकमिटि सदस्य तथा नाै नम्बर वडा अध्यक्ष जित बहादुर केसि, नगरकमिटि सदस्य बिजुला गिरी, वडा सदस्यहरु प्रकाश के सि,भुपाल बि क, भाेज बहादुर घर्तिमगर, नगरपालिका वडा नं ४ का एमाले नेता केशु जैसीलगाएत ४० जना नेपाली काङ्ग्रेसमा प्रबेश गर्नु भएकाे छ।


नव प्रबेशिहरुलाई नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश सदस्य शुवास केसि, प्रदेस सांसद धनलक्ष्मि श्रेष्ठ , पार्टि उपसभापति जिल्ला उपसभापति देबेन्द्र बर्मा लगाएतले नव प्रवेशिहरुलाइ पार्टी सदस्यता प्रदान गर्दै स्वागत गर्नु भएकाे थियाे।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।