बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो, ७२ जना बेपत्ता

 अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९९ पुगेको छ । विपदमा परि अहिलेसम्म ७२ जना बेपत्ता भएका छन् भने १०० जना घाइते भएका छन् ।

गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ ।

काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको प्रवक्ता तिवारीले जानकारी दिए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।