बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या २२८ पुग्यो, १४ हजार ८०२ जनाको उद्दार

 

बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या २२८ पुगेको छ। नेपाल प्रहरीका अनुसार बाढी, पहिरो तथा डुबानमा परी २२८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन्। १९९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बाढी -पहिरोमा फसेका १४ हजार ८०२ जनाको उद्दार भएको छ। अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेको र कतिपय ठाउँमा सडक खुले पनि ट्राफिक जाम भइरहेको छ।

लामो यात्रामा निस्कनुअघि नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।