मतदाता संगै दसै मनाउदै :मन्त्री राणा

प्युठान । लुम्बिनी प्रदेसका सहरी बिकास तथा खानेपानी मन्त्री सराेज थापा ( राेज राणा)ले मतदाता संगै दसै मनाउनु भएकाे छ।


काेजाग्रत पुर्णिमाकाे दिन नाैबहिनि गाउपालिका वडा नं ६ र ८ को संगम स्थल लुङ खोलाको बीचमा अवस्थित ऐतिहासिक धार्मिक स्थल माक्रे मन्दिरमा २०८१ कार्तिक ०१ गते पूर्णिमाको दिन प्रथम ऐतिहासिक धार्मिक मेला माक्रे धाम मेलाको समउद्घाटन गर्दै मतदाताका गुनासा सुन्न र साेहि दिन झिमरुक गाउपालिका दुई बादिकाेटमा रहेकाे देबिकाे शक्तिपिठ गडिकाेट मन्दिरकाे दर्सन गरी मतदाता संग भेटघाट गर्न लुम्बिनी प्रदेसका सहरी बिकास तथा खानेपानी मन्त्री राेज राणा आउने मन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ।
हिन्दु नेपालिहरुकाे महान पर्व बिजया दसमिमा प्युठान जिल्ला बासि मतदाता संगै जिल्लाका दुर्गम बस्तिहरुमा पुगेर मन्त्री राणाले दसै मनाउदै मततादाका गुनासा संबधीत ठाउका समस्याका बारेमा र बिकास निर्माणका बिषयमा छलफल गर्नु भएकाे छ ।
राणाले असाेज २६ गते प्युठान नगरपालिका क्षेत्र भित्ररहेकाे आफ्नाे घरपरिवार मावलि गाउँ र अग्रज मान्यजनकाे हातबाट आशीर्वाद लिदै मतदाताहरुसंगै बिजय दसमिकाे शुभकामना साटसाट गर्नु भएकाे थियाे। असाेज २७ गते झिमरुक गाउपालिका हुँदै गाैमुखि गाउपालिकाकाे दुर्गम बस्ति रजवारामा पुगेर तिखाचुलि युवा क्लवले आयाेजना गरेकाे बृहत दसै विशेष कार्यक्रमकाे संबाेधन गर्नु भएकाे थियाे उहाँ संगै सांसद धनलक्ष्मि श्रेष्ठ पनि रजवारा पुगेर मतदाता संग बिजया दशमिकाे शुभकामना आदानप्रदान गर्नु भएकाे हाे।

मन्त्री राणाले रजवाराकाे खानेपानि समस्या,सडककाे समस्या र एकीकत बस्ति बिस्तारकाे बिषयमा त्यहाका मतदाता ,राजनैतिक दलका प्रतिनिधि,जनप्रतिनिधि संग छलफल गर्दै छिट्टै समधान गर्न पहल गर्ने बताउनु भएकाे थियाे।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।