कात्तिक १२ देखि खलंगामा भलिबल प्रतियोगिता हुँदै।

प्युठान।प्युठान सदरमुकाम खलंगामा रहेकाे टुडिखेलमा कात्तिक  १२ गते देखि १४ गतेसम्म खुल्ला भलिवल प्रतियाेता संचालन हुने भएकाे छ।
मल्लरानि गाउपालिका वडा नम्बर ४ काे आयाेजनामा हुन लागेकाे खुल्ला भलिबल प्रतियोगिताकाे प्रथम पुरस्कार पचास हजार ट्रफि र प्रमाणपत्र रहेकाे छ भने दाेस्राे हुनेलाई तीस हजार तेस्राे हुनेलाई बिसहजार नगद र प्रमाणपत्र रहेकाे वडा अध्यक्ष कुमार श्रेष्ठले बताउनु भयाे।


खेलाडीले टिम दर्ता कात्तिक  ११ गते साझ पाच बजेसम्म गर्नुपर्नेछ टिम दर्ता गर्दा कुनै शुल्क नलाग्ने भएकाे छ तर खेलाडि आफ्नाे संथा ,क्लव ,समुहकाे जर्सि अनिवार्य हुनुपर्ने श्रेष्ठले बताउनु भयाे।
प्रचलित नियम अनुसार खेलाईने खेलमा खेलाडीले खाना बस्नकाे ब्यबस्था आफैले गर्नुपर्नेछ पुरस्कार नेपाल सरकारकाे नियम अनुसार हुने उहाले बताउनु भयाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।